दफा १९
पारिश्रमिक र ब्याज
:– (१) साझा कामको बन्दोबस्त गरे बापतको पारिश्रमिक कबुलियतद्वारा तोकिएबमोजिम हरेक साझेदारले पाउनेछन् र निजले कबूल गरे भन्दा बढी पूँजी लगाएको भए दश प्रतिशतमा नबढाई लिखत बमोजिमको ब्याज पनि पाउँछ ।
(२) कुनै साझेदारले जानी जानी लापरवाही गरी हानी नोक्सानी गरे पारेमा त्यसको बिगो निजले तिर्नुपर्छ ।